मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि पहिचानवादीको नाराबाजी

nepalnews.com · Fri Oct 09 07:47:54 GMT 2026

विराटनगर। किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनका अवसरमा शुक्रबार विराटनगरमा निकालिएको र्‍यालीमा सहभागी पहिचानवादीहरूले कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन्।

विराटनगरको रोडशेष चोकबाट निकालिएको र्‍यालीमा किरात राई समुदायका मानिसहरू जातीय पहिरनमा सहभागी भएका थिए। र्‍यालीका सहभागीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि करिब १५ मिनेट प्रदर्शन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)