ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ
barnanmedia.com · Mon Jun 08 13:30:18 GMT 2026

ललितपुरबाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–६ का ४० वर्षीय दिनेशकुमार बैठा, सिरहाको नरहा गाउँपालिका–१ का ४३ वर्षीय इन्द्रजित कामती, सर्लाहीको गोडैता–६ का ३५ वर्षीय रुबी देवी र सोही ठाउँकी एक १५ वर्षीया अनुराधा कुमारी छन् ।
उनीहरुलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट २१ ग्राम खैरो हेराइन बरामद भएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)