यस पटकको होली घरभित्र मनाउन काठमाण्डौ प्रशासनको आग्रह
Ujyaaloonline.com · Fri Feb 27 07:54:48 GMT 2026

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यस पटककाे हाेली पर्व घरभित्र मनाउन आग्रह गरेकाे छ । प्रशासन कार्यालयले सूचना निकालेर होली मनाउँदा शान्ति सुरक्षा र यही फागुन २१ गते हुने चुनावलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह गरेकाे छ ।
धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने बताउँदै प्रशासनले खुला सडक र सार्वजनिक ठाउँमा अनावश्यक भीड जम्मा नगर्न, जाँड–रक्सी बिक्री/वितरण नगर्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)