मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति
reportersnepal.com · Fri Oct 09 07:59:21 GMT 2026

काठमाडौँ, २३ असोज । मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ । दश विद्यालयका विपन्न दलित विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।
गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभामा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले जानकारी दिए । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे प्रकाश पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)