बैंकिङ कसुरमा ४ करोड बिगो ठहर भएका फरार प्रतिवादी पक्राउ
ratopati.com · Fri Oct 09 08:00:13 GMT 2026

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ४ करोड रुपैयाँ बिगो ठहर भई फरार रहेका एक प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ (साविक झौखेल गाविस) का ६३ वर्षीय दिपक चन्द्र न्यौपाने रहेका छन्।
राधा पाण्डेयको जाहेरीमा उक्त बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते फैसला सुनाउँदै न्यौपानेलाई ४ करोड रुपैयाँ बिगो, बिगो बमोजिमको जरिवाना र १ महिना १५ दिन कैद सजाय ठहर गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)