मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दोहोरीगीत प्रतिष्ठानको नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा पशुपति शर्मा निर्विरोध

kalakarmi.com · Fri Oct 09 08:06:37 GMT 2026

काठमाडौं- लोक तथा दोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा अब अध्यक्षको जिम्मेवारीमा पुगेका छन् । महोत्तरीको बर्दिबासमा बिहीवारदेखि प्रारम्भ भएको महाधिवेशनमार्फत प्रतिष्ठानको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो । निर्वाचन समितिले शुक्रवार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षसँगै केही अन्य पदमा पनि निर्विरोध नेतृत्व चयन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)