वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतारविरुद्ध पहिले बलिङ गर्दै
onlinekhabar.com · Mon Sep 04 01:14:34 GMT 2023
१८ भदौ, काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)