मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नीतिबिना’ का कार्यक्रम

ekantipur.com · Wed May 25 00:18:40 GMT 2022

काठमाडौँ — सरकारले विगतका वर्षमा झैं कार्यान्वयनको स्पष्ट ‘नीति र योजना’ बिना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा करिब दुई घण्टा लगाएर १४५ बुँदे दस्तावेज बाचन गरेकी हुन् । जसमा कार्यक्रम नै कार्यक्रमको थुप्रो छ । कतिपय सकारात्मक कार्यक्रम पनि छन्, तर कार्यान्वयनको स्पष्ट मार्गचित्र छैन ।

नीति तथा कार्यक्रमको मूल लक्ष्य वि.सं. २०८७ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र मध्यम आय भएको मुलुक बन्ने छ । त्यसअघि अर्थात् सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने अर्को लक्ष्य छ । ‘स्तरोन्नतिको प्रभाव व्यवस्थापन गर्न ठोस योजना कार्यान्वयन ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । तर कस्तो ठोस योजना ल्याउने ?, कहिले ल्याउने ? वा कसरी कार्यान्वयन गर्ने भन्ने कुनै संकेत सरकारले दिन सकेको छैन । बरु आर्थिक वृद्धि हासिल गर्ने भन्दै नयाँ–नयाँ सपना देखाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)