बगेको बस्ती, हराएको चैन
gorkhapatraonline.com · Fri Oct 09 08:22:16 GMT 2026

रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेकोे त्यो दृश्य उहाँको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन ।
अझै पनि यी सबैै सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ त उहाँलाई । यतिका दिनसम्म पनि कान्छाको आँखामा भने भदौ १० गतेको त्यो बाढीको भेल नाचिरहन छाडेको छैन । त्यो बाढीको गड्याङगुडुङको आवाज अझै कान्छाको कानमा गुञ्जिरहन छाडेको छैन । भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका हुन्थे । ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काप्न छाडेको छैन । ती घटना बिर्सनसके पो मन भारी हुन छाड्थ्यो कान्छाको ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)