पर्यटकलाई लोभ्याउँदै जखेरा ताल
deshsanchar.com · Fri Nov 17 17:15:01 GMT 2023
दाङ – दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ। तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ््गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ।
ताल अवलोकन गरेर फर्कनेलाई फेरि जाऔँ जाऔँ लाग्ने गरेको छ। तिहार अघि त्यस क्षेत्रमा ताल अवलोकन तथा घुमघाम वनभोज खानको लागि दैनिक तीन सयदेखि चार सय सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा तालको रेखदेख गर्दै आएका ओमभक्त चौधरीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)