एमाले विधान महाधिवेशनको तयारी तिव्र
gorkhapatraonline.com · Fri Aug 29 17:40:54 GMT 2025

नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप आज केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीका बारेमा ब्रिफिङ गर्नुभयो ।
उहाँले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेन्टर स्थापना, स्वयम्सेवक व्यबस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको संयोजक ढकालले जानकारी दिनुयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)