इन्डोनेशियामा जकार्तासहित विभिन्न शहरमा प्रदर्शन
nepalnews.com · Fri Aug 29 17:46:25 GMT 2025

जकार्ता। इन्डोनेशियामा राजधानी जकार्तासहित विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ। सांसदहरूको भत्ता र शिक्षा बजेटलगायत विषयमा भइरहेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले बल प्रयोग गरेको छ।
प्रहरीको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मृत्यु भएपछि शुक्रबार आन्दोलन चर्केको छ। संसद भवन नजिकै बिहीबार भएको भिडन्तमा बख्तरबन्द प्रहरी गाडीले ३४ वर्षीय चालक आफान कुर्नियावानलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)