बेलायत पठाउने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ
nepalnews.com · Mon Jun 08 12:19:44 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वालिङ नगरपालिका १४‚ स्याङ्जाका ६३ वर्षीय हुमबहादुर कुँवर छन्।
काठमाडौँ महानगरपालिका १२ बस्दै आएका कुँवरलाई सोमबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता शरतकुमार थापा क्षेत्रीका अनुसार कुँवरले दुई जनाबाट ८८ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)