मुम्बइको लगातार सातौं हार, चेन्नइको दोस्रो जित
pahilopost.com · Thu Apr 21 18:09:59 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्समाथि जित निकालेको हो। मुम्बइस्थित बीवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न खेलमा चेन्नइले मुम्बइमाथि ३ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। ओपनर तथा कप्तान रोहित शर्मा र इशान किशनलाई शुन्य रनमै गुमाएको मुम्बइले खेलको खराब सुरुवात गरेको थियो। मुम्बइका लागि तिलक वर्माले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा सूर्य कुमार यादवले ३२, हृतिक शोकीनले २५ रन बनाए। त्यस्तै जयदेव उनदकटले १९ रन बनाउँदा किइरन पोलार्ड १४ रनमा आउट भए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)