तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन
ratopati.com · Fri Aug 29 17:59:00 GMT 2025

तनहुँ । आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो ।
कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमका लागि रु ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए । यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)