एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय
dcnepal.com · Mon May 31 16:59:41 GMT 2021
काठमाडौं। यो वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ। सरकारले यस्तो निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
शिक्षा तथा प्रविधि मन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि वैकल्पिक विधिका लागि अनुमति मागेको थियो। बोर्डले अनुमति मागेपछि शिक्षा मन्त्रालयले मन्त्रिपरिषदका लागि प्रस्ताव तयार पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)