पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते
khabarhub.com · Fri Oct 09 08:55:38 GMT 2026

उदयपुर – त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।
शुक्रबार बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको पानी बोकेको को.प्र.०५-००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५-००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)