मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैँको भीडमा भरियाः पिठ्युँमा भारी, काँधमा जिम्मेवारी !

kendrabindu.com · Fri Oct 09 09:20:13 GMT 2026

काठमाडौं । काठमाडौंको न्युरोडमा दशैँको चहलपहल बढ्दै छ । रञ्जना गल्लीदेखि महाबौद्ध, असन र पिपलबोट आसपासका सडकमा किनमेल गर्नेहरूको भीड बाक्लिँदै गएको छ । कोही नयाँ लुगा छानिरहेका छन्, कोही घर सजाउने सामान त कोही चाडपर्वका लागि आवश्यक सामग्री जुटाउन व्यस्त छन् ।

बजारमा किनमेल गर्नेहरूको भीडको बीचमा अधबैंसे र वृद्ध पुरुषहरुको एउटा छुट्टै समूह भने फरक र चाखलाग्दो देखिन्छ । महाबौद्धको पार्किङ परिसरमा रहेका उनीहरुको कसैको काँधमा नाम्लो छ, कसैको काँधमा भारी । कोही पसिनाले निथ्रुक्क भिजेका छन्, कोही सामान बोकेर छ–सात तलामाथि पुगेर फर्किँदा थकित देखिन्छन् । सेतै फुलेको कपाल र चाउरिएका अनुहार बाेकेका वृद्धदेखि अधबैँसे उमेरका भरियासम्म, सबैका काँधमा भारी र मनमा परिवार पाल्ने जिम्मेवारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)