पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?
ratopati.com · Fri Oct 09 09:28:24 GMT 2026

वार्सा । पोल्यान्डका विद्यालयमा चक्कु प्रहारका घटना दोहोरिएपछि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की दिने र चक्कु बोकेर विद्यालय पुग्ने कैयौँ किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबारसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा वार्साका १३ वर्षीय किशोर पनि छन्, जसले कक्षाको सामूहिक च्याटमा चक्कुको तस्बिर राख्दै अन्य विद्यार्थीलाई धम्की दिएका थिए । त्यस्तै, १४ वर्षीय अर्का किशोर विद्यालय परिसरमा चक्कु र पटाकासहित पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)