मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली क्रिकेटको उतारचढावपूर्ण एक महिना

baahrakhari.com · Wed Mar 06 00:30:00 GMT 2024

काठमाडौं । गएको एक वर्षलाई हेर्ने हो भने पनि, नेपाली खेलकुदमा सबैभन्दा चर्चित खेल निर्विवाद क्रिकेट हो । नेपाली खेलकुद समर्थकमाझ क्रिकेट चर्चा दिन दुई गुणा रात चौगुणा बढ्दै छ । मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि सुधारिएको नेपाली टिमको प्रदर्शनले क्रिकेटप्रति दर्शकको चासोलाई पनि त्यसै गरी सुधार्‍यो ।

तर, गएको एक वर्षमा पछिल्ल्लो एक महिनालाई नियाल्ने हो भने नेपाली टिम निकै खराब लयबाट गुज्रिरहेको छ भन्दा अपवाद बनिँदैन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत फेब्रुअरी १५ देखि घरमै आयोजित त्रिदेशीय शृङ्खलाका चार खेलमध्ये नेपालको प्रदर्शन निक्कै निराशजनक थियो । त्यसलगत्तै आयोजित ट्वान्टी–२० शृङ्खलामा पनि नेपालका लागि सम्झनलायक बन्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)