तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
rajdhanidaily.com · Fri Oct 09 09:51:30 GMT 2026

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
देशका पाँच जिल्लामा रहेका सहकारी ठगीमा मुछिएका रविको मुद्दा अझै अदालतमा विचाराधीन छ । महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेसँगै रुपन्देही, पोखरा, चितवन जिल्ला अदालतले फिर्ता लिएका छन् । अब रविविरुद्ध सहकारी ठगीको कसुर मात्र अदालतमा विचाराधीन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)