इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
gorkhapatraonline.com · Fri Oct 09 10:08:13 GMT 2026

टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भग्नावशेषमा परिणत हुँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । सहरको एसियाली क्षेत्रमा बिहीबार बिहान भवन भत्किएको हो ।
गभर्नरको कार्यालयका अनुसार भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धार कार्य शुक्रबार बिहान ६ः१५ बजे अन्तिम पीडितको शव फेला परेपछि सम्पन्न भएको छ । मृत्यु हुनेमा पाँच र १० वर्षका दुई बालिका, १२ वर्षका एक बालक तथा अन्य दुई जना रहेका छन् । भवनको तल्लो तीन तला भासिएपछि माथिल्ला चार तला पनि भग्नावशेषमा परिणत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)