‘हप इन एन्ड हप आउट’ पत्रकारिता
nepalnews.com · Fri Aug 29 19:15:57 GMT 2025

पत्रकारिता मेरालागि विकसित देशका सहरहरूमा चल्ने ‘हप इन एन्ड हप आउट’ टुरिस्ट बसतुल्य रह्यो- मनलागी ठाउँबाट चढ्न र मनलागी ठाउँमा ओर्लन पाइने। त्यस बसमा मेरो सफर धरानबाट थालिएको थियो, जतिखेर म कलेजमा पढ्दै गरेको विद्यार्थी थिएँ।
विराटनगरबाट हिमालचुली नाउको एउटा साप्ताहिक पत्रिका निस्कन्थ्यो विपिनदेव ढुङ्गेलको सम्पादनमा। ट्राफिक चोकबाट जोगबनी जाने सडक छेवै त्यस पत्रिकाको अफिस थियो आफ्नै लेटर प्रेससहितको। म त्यस पत्रिकाको कार्यालयमा एक दिन पुगें। कसरी या कुन सन्दर्भमा हो, त्यो म अहिले सम्झन्नँ। दुई-तीन जना साहित्यिक टाइपका व्यक्तिहरूबाट घेरिएर बसेका थिए टेबुलपछाडिको कुर्सीमा विपिनदेव। उनीहरू त्यहाँ सके बसिबियाँलो गर्दै बसेका थिए, कुनै बित्दो काम बेगर। त्यसै हुनाले उनीहरूको उपस्थितिको खासै वास्ता नगरी विपिनदेवले मप्रति समय र चासो दुवै दिए। मैले उनलाई फरासिला र सहयोगी मिजासको पाएँ, कुराकानी गर्न सजिलो। उनको अफिसबाट बाहिर निस्कँदा म एउटा जिम्मेवारीको भावसहित निस्केको थिएँ, जो उनले मेरो काँधमा बोकाइदिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)