हुतीहरूले रियादस्थित विमानस्थल र साउदिया एयरलाइन्सको विमानमा आक्रमण गर्दा तीन साउदी नागरिकको मृत्यु
clickmandu.com · Fri Oct 09 10:13:32 GMT 2026

एजेन्सी । बिहीबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदिया एयरलाइन्सको एक विमानमा भएका दुई आक्रमणमा तीन साउदी नागरिकको मृत्यु भएको र अन्य धेरै घाइते भएको साउदी अरबको नागरिक उड्डयनसम्बन्धी सामान्य प्राधिकरणले शुक्रबार जनाएको छ ।
पहिलो आक्रमणले विमानस्थलका संरचनाहरूलाई लक्षित गरेको र दोस्रो आक्रमणले विमानलाई प्रहार गरेको प्राधिकरणले बताएको छ । छिमेकी देश यमनका इरान–समर्थित हुती विद्रोहीहरूले विमानस्थललाई लक्षित गरेको दाबी गरेको समाचार एजेन्सी एपीले उल्लेख गरे तापनि प्राधिकरणले यसका लागि जिम्मेवार पक्षको पहिचान भने खुलाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)