श्रमिकलाई एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च दिन विभागको आग्रह
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सम्पूर्ण रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूलाई एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को कानुनी व्यवस्थाअनुसार श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन ताकेता गरेको हो।
विज्ञप्तिमा श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफ्नो प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने वैधानिक व्यवस्था रहेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)