पिकअप जीपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते
annapurnapost.com · Fri Oct 09 10:18:28 GMT 2026

काठमाडौं : उदयपुरमा पिकअप जीपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छन्।
मृत्यु हुनेमा त्रियुगा–११ की शिवकुमार सदाको २ वर्षीया छोरी रागिनी सदा रहेकी छन्। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएकोमा अस्पतालमा मृत्यु भएको हो। यस्तै घाइते हुनेमा ७० वर्षीया कन्नि सदा रहेकी छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)