एकैसाथ प्रचण्ड र गगनको बोलि मिल्नु संयोग कि सरकार ढल्ने संकेत ?
barnanmedia.com · Thu Apr 10 22:12:14 GMT 2025

कांग्रेस महामन्त्री गगनकुमार थापामाथि पछिल्लो पटक आमनागरिकले प्रश्न उठाउन थालेका थिए। सरकार एकपछि अर्काे गल्ती गर्दै हिँड्दा पनि गगनले समर्थन गरेको आरोप रह्यो। खासमा गगन कुनै बेला सरकारविरुद्ध सबेभन्दा बढी प्रश्न उठाउने नेतामा पर्थे।
तर, पछिल्लो पटक गत असारमा कांग्रेस र एमालेबीच समीकरण बनेर सरकार बनेपछि गगन एकाएक कांग्रेसको संस्थापन बने। उनी कांग्रेस सभापति शेरबहादुर देउवाको गुटमा जानकैका लागि सरकारका गलत कामको पनि समर्थन गरिरहेको उनीमाथि आरोप रह्यो। कतिसम्म भने सरकारले गत पुसमा अध्यादेश ल्याउदा पुरै जनताले विरोध गरे, खासमा भूमिसम्बन्धी अध्यादेश । तर, गगन चुपचाप मात्र रहेनन्, समर्थनमा अभिव्यक्ति दिँदै हिँडे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)