खुल्ला भयो नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ को डिजिटल अडिसन
kalakarmi.com · Thu Jun 23 00:12:13 GMT 2022
काठमाडौं– र्याप रियालिटी शो नेपहपको श्रीपेचको सफलतापछि उक्त शोको निर्माण टिमले अर्को एउटा नयाँ शो र्याप ब्याटल शो ‘ब्याटल भूमि’ को औपचारिक घोषणा गरिएको छ ।
ब्याटल भूमिमा सहभागिता जनाउन चाहनेले डिजिटल अडिसन दिनु पर्नेछ । असार ८ गते बुधवारदेखि असार १८ गते शनिवारसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागीता जनाउन चाहनेले नेपाल र्यापको वेबसाइट www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागि सहभागि म्युजिक बिटमा १ मिनेटभन्दा लामो भिडियो पठाउनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)