'नेशनल पेमेन्ट गेटवे' प्रकरण - सुनील पाैडेल दाेषी ठहर, आठ जनालाई सफाइ
Ujyaaloonline.com · Fri Apr 19 23:07:15 UTC 2024

काठमाण्डाै – 'नेशनल पेमेन्ट गेटवे' खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पाैडेललाई दाेषी ठहर गरेकाे छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज पौडेललाई दोषी ठहर गरेको हो । अदालतले पौडेलको सजाय निर्धारणका लागि यही वैशाख २५ गते पेसी ताेकेकाे छ । यस्तै अदालतले यस प्रकरणमा बहालवाला सचिव मधु मरासिनीसहित आठ जनालाई सफाइ दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)