मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से परिसूचक १७ दशमलव १५ अंकले बढ्यो

nepalnews.com · Fri Oct 09 10:35:44 GMT 2026

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अंकले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अंकले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ४२ अंकले बढेर १७९ दशमलव १० मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अंकले बढेर १५७ दशमलव ४६ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता शेयर चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैंयाँ मूल्यमा खरिद–बिक्री भएको छ। आज १३ वटा उपसमूह बढेका छन्। आज १८० कम्पनीको शेयर बढ्यो भने ८९ कम्पनीको शेयर घट्यो। त्यसैगरी १० कम्पनीको शेयर स्थिर रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)