पोखरा महानगरको आधा बजेट पनि खर्च भएन, राजश्वको लक्ष्य पनि भेटिएन
onlinekhabar.com · Wed Jun 21 00:49:56 GMT 2023
६ असार, पोखरा । पोखरा महानगरपालिकाले गत वर्ष असारमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा महत्व दिएको विषय हो ल्याण्डफिल साइट निर्माण । आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा वडा नं ३३ को टिमुरपाटामा स्थायी ल्यान्डफिल साइट बनाउने र ‘टिकट काटेर’ फोहोर मैला व्यवस्थापन गर्ने महानगरले घोषणा गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न विमानस्थल नजिकै रहेको बच्छेबडुँवाको ल्यान्डफिल साइट सार्नैपर्ने दबाबमा थियो पोखरा महानगर । महानगरले स्थायी ल्यान्डफिल साइट बनाउन चालु आर्थिक वर्षमा ३३ करोड रुपैयाँ विनियोजन पनि गरेको थियो । तर स्थायी ल्याण्डफिल साइटको काम अघि बढेको छैन । बरु वडा नं ३२ लामेआहालमा अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)