मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
ratopati.com · Fri Oct 09 10:43:10 GMT 2026

काठमाडौँ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोष (नेपाल अर्थक्विक याक्ट म्यान्डेट एग्रिमेन्ट) मा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, विटौरी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।