मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

kendrabindu.com · Mon Jun 08 13:54:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

चेक अनादर मुद्दामा जाहेरी परेपछि नेपाललाई बूढानीलकण्ठ नगरपालिका -१०, कटारीबस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध युवराज खत्रीले जाहेरी दिएका थिए । जाहेरीमा उल्लेख भए अनुसार खत्रीले नेपाललाई केही रकम ऋण दिएका थिए । उक्त ऋण तिर्न दिएको चेक नसाटिएपछि जाहेरी परेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय