ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ
corporatenepal.com · Mon Jun 08 13:49:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका– १०, कटारीबस्तीबाट पक्राउ गरिएको हो ।
Advertisement
चेक अनादर मुद्दामा जाहेरी परेपछि नेपाललाई पक्राउ गरिएको जनाइएको छ ।
संखुवासभा सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ कौशलटार बस्दै आएका छन् ।
लामो समयदेखि नेपाल ग्रेटर नेपालको पक्षमा बोल्दै, लेख्दै र अभियान चलाउँदै आएका छन् । सोही कारण उनलाई प्रहरीले पटक पटक पक्राउ गर्ने गरेकोमा अहिले भने चेक अनादर मुद्दामा पक्राउ गर्नु अर्थपूर्ण देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ