मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी विपद् : बेपत्ताका परिवारलाई राहत दिन कानुनी बाटो खोल्न सुझाव

nepalviews.com · Fri Oct 09 11:01:22 GMT 2026

काठमाडौं । हिमाली जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले बेपत्ता व्यक्तिका परिवारलाई राहत, बिमा र क्षतिपूर्ति उपलब्ध गराउन कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश ल्याउन सुझाव दिएको छ ।

समितिको आज बसेको बैठकले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न वर्षौँ कुर्नुपर्ने विद्यमान कानुनी व्यवस्थाका कारण पीडित परिवार राहत, बिमा, क्षतिपूर्ति र सम्पत्ति हस्तान्तरणजस्ता अधिकारबाट वञ्चित हुन सक्ने भन्दै ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’मार्फत कानुनी सहजीकरण गर्न सरकारलाई सुझाव दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)