मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बहुविवाहको जाहेरी परेको चार दिनमै मुद्दा दायर, अनुसन्धानमा प्रहरीले लापरवाही गरेको जेठी पत्नीको आरोप

nepalpress.com · Fri Oct 09 11:09:41 GMT 2026

कञ्चनपुर । बहुविवाहसम्बन्धी जाहेरी परेको चार दिनमै मुद्दा अदालत पुगेपछि अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी सीता (नाम परिवर्तन) ले प्रहरीले पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा अदालतमा पेस गरेको आरोप लगाएकी हुन्। उनले अनुसन्धान प्रभावित पारेर आरोपीलाई धरौटीमा रिहा गराउने चलखेल भइरहेको आशंकासमेत व्यक्त गरेकी छन्।

सीताले आफ्ना श्रीमान् आनन्द सिंह लुहार र लक्ष्मी शाही ठकुरीविरुद्ध बहुविवाहको आरोपमा जाहेरी दिएकी थिइन् । जाहेरीमा श्रीमान्ले वैवाहिक सम्बन्ध कायम रहँदारहँदै अर्की महिलासँग विवाह गरेको र लामो समयदेखि सँगै बस्दै आएको दाबी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)