मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

दिगोद्वारा Ullens School लाई १६ सीटरका ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण

annapurnapost.com · Fri Oct 09 11:07:44 GMT 2026

काठमाडौं : नेपालमा इलेक्ट्रिक मोबिलिटी समाधानको क्षेत्रमा अग्रणी रूपमा काम गर्दै आएको दिगो ले Ullens School लाई CHTC का १६ सीटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ। विद्यालय यातायातलाई अझ स्वच्छ, स्मार्ट र दिगो बनाउने दिशामा यो महत्वपूर्ण पहल हो।

उक्त गाडीहरू निर्माता कम्पनीका प्रतिनिधि झु सियानसोंगले दिगो र Ullens School का प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। दैनिक यात्रु आवतजावतलाई सहज र भरपर्दो बनाउन डिजाइन गरिएका CHTC १६ सीटर इलेक्ट्रिक भ्यानले कम सञ्चालन खर्च, न्यून उत्सर्जन र शान्त यात्राजस्ता इलेक्ट्रिक मोबिलिटीका महत्वपूर्ण लाभ प्रदान गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)