मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशसभा बैठक

reportersnepal.com · Fri Oct 09 11:17:39 GMT 2026

विराटनगर, २३ असोज । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रवितवेदन’ पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेस गरेपछि सभामुख अम्बरबहादुर विष्टले उक्त प्रतिवेदन सुशासन तथा योजना समितिमा पठाउने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शेर्पाले सवारी अनुमतिपत्रका लागि चिकित्सा मापदण्डअनुसार काम भइरहेको बताए । उनले सभाको शून्य समय तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले दिने रकम सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत पठाइसकिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)