मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजार अनुगमन, म्याद नाघेका सामग्री बरामद

barnanmedia.com · Fri Oct 09 11:23:00 GMT 2026

आगामी बडादसैँ लगायतका चाडपर्वलाई लक्षित गरी तेह्रथुममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज सदरमुकाम म्याङलुङका एक दर्जन पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चारवटा पसलबाट रु छ हजार ३९४ मूल्य बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणसिंह राठौरले बताउनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तःशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको र बजार अनुगमनलाई आगामी दिनमा पनि नियमित गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)