मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीपछि अर्जेन्टिनाको १० नम्बर जर्सी कसको ?

news24nepal.tv · Fri Oct 09 11:33:46 GMT 2026

काठमाडाैँ । लियोनेल मेस्सीको युगसँग जोडिएको अर्जेन्टिनाको प्रतिष्ठित १० नम्बर जर्सी अब कसले लगाउने भन्ने प्रश्नले विश्व फुटबलमा चासो बढाएको छ। अर्जेन्टिनाको निलो–सेतो जर्सीमा १० नम्बरलाई मेस्सीले आफ्नो अद्वितीय खेलशैली र उपलब्धिमार्फत विशेष पहिचान दिएका छन्। अब उनको उत्तराधिकारी बन्ने खेलाडीमाथि स्वाभाविक रूपमा ठूलो दबाब रहनेछ।

मेस्सीपछि अर्जेन्टिनाको १० नम्बर जर्सीका सम्भावित दाबेदारका रूपमा निकोलस ‘निको’ पाजको नाम चर्चामा आएको छ। युवा उमेरमै प्राविधिक क्षमता, सिर्जनशीलता र आक्रमणमा प्रभाव पार्न सक्ने क्षमताका कारण पाजलाई अर्जेन्टिनाको भावी पुस्ताका महत्वपूर्ण खेलाडीमध्ये एक मानिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)