सन सेक्युरिटिजद्वारा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न
arthasansar.com · Fri Oct 09 11:44:06 GMT 2026

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज स्टक ब्रोकर नं ६४ ले लगानीकर्ता सचेतना, वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले असोज २१ देखि २३ गतेसम्म विभिन्न चारवटा कार्यक्रम सम्पन्न गरेको छ । लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सही जानकारी प्रदान गर्ने, वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूमा लगानीसम्बन्धी व्यावहारिक ज्ञान विकास गर्ने उद्देश्यले यी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत २०८३ साल असोज २१ गते सन सेक्युरिटिजको कार्यालयमा लगानीकर्ता अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा स्टक मार्केट विश्लेषकद्वय पुरुषोत्तम चिमोरिया र अस्तित्व शर्माले नेपालको पुँजी बजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती, लगानी रणनीति र जोखिम व्यवस्थापनका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए । सहभागीहरूले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै बजारसम्बन्धी जिज्ञासा राख्ने तथा आफ्नो लगानीसम्बन्धी बुझाइलाई थप स्पष्ट बनाउने अवसर प्राप्त गरेका थिए । त्यसैगरी, २०८३ साल असोज २२ गते विश्व लगानीकर्ता सप्ताहकै अवसरमा सन सेक्युरिटिजले दुईवटा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो कार्यक्रमअन्तर्गत ललितपुरको ग्वार्कोस्थित सुप्रभात कलेजका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)