कांग्रेस महाधिवेशनको मतदान समय बेलुका ७ बजेसम्म थपियो
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको छ।
यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ५ बजेसम्मका लागि मात्र निर्धारण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)