बजार अनुगमन, म्याद नाघेका सामग्री बरामद
reportersnepal.com · Fri Oct 09 11:42:15 GMT 2026

तेह्रथुम, २३ असोज । आगामी बडादसैँ लगायतका चाडपर्वलाई लक्षित गरी तेह्रथुममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज सदरमुकाम म्याङलुङका एक दर्जन पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा चारवटा पसलबाट रु छ हजार ३९४ मूल्य बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणसिंह राठौरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)