मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते

gorkhapatraonline.com · Mon Jun 08 14:00:12 GMT 2026

पर्यटक लिएर मुस्ताङबाट फर्किएको स्कार्पियो म्याग्दीमा दुर्घटना भएको छ । अन्नपूर्ण गाउँपालिका –३ तितरस्थित बेनी–जोमसोम सडक खण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आइतबार दिउँसो मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालोमा अचानक ब्रेक फेल भइ सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय