मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंकद्वारा एमबीएल एम स्मार्टमार्फत नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

baahrakhari.com · Mon Jun 08 14:00:07 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम स्मार्टमार्फत नेपाल–भारत–नेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरण (ट्रान्सफर)को सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले त्यहाँमा उपलब्ध यूपीआईसँग संबन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन् । उक्त रकम लाभग्राहीको खातामा त्तकालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय