देउवा पक्षको उदयपुर क्षेत्रीय सभापतिमा कटुवाल निर्विरोध
ratopati.com · Fri Oct 09 11:59:12 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर नेतृत्व चयन र साङ्गठनिक गतिविधि समानान्तर रूपमा अघि बढिरहेका बेला उदयपुरमा देउवा पक्षले क्षेत्रीय नेतृत्व चयन गरेको छ।
शुक्रबार चौदण्डीगढी नगरपालिकामा आयोजित अधिवेशनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा तिलकबहादुर कटुवाललाई निर्विरोध चयन गरेको छ। त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) को सभापतिमा सरोज कोराला र १ (ख) को सभापतिमा राजकुमार दनुवार निर्विरोध चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)