मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

barnanmedia.com · Fri Oct 09 11:45:55 GMT 2026

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।

प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् । स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै जिल्लामा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो । कार्यक्रममा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)