मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झलनाथ खनाललाई कारबाहीबारे अर्को बैठकले निर्णय गर्ने,  प्रचण्डले के भने ?

ratopati.com · Fri Oct 09 12:00:48 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई कारबाही गर्ने विषयमा अर्को बैठकले निर्णय गर्ने भएको छ । अस्वस्थताको कारण देखाउँदै खनाल शुक्रबार बसेको केन्द्रीय संयोजन समिति बैठकमा अनुपस्थित भएपछि यसबारे अर्को बैठकले निर्णय गर्ने एक नेताले जानकारी दिए ।

बैठकमा संयोजक पुष्पकलम दाहाल प्रचण्डले खनालसँग भएको कुराकानीबारे बैठकमा ब्रिफिङ गरेका थिए । खनालले आफूले पार्टी नछोडेको, सम्पूर्ण वामपन्थी शक्तिलाई एकजुट बनाउन जागरण अभियान सञ्चालन गरेको प्रष्टीकरण दिएको प्रचण्डले बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)