पुँजी बजारकाे गिरावटले निराश लगानीकर्ता, वैकल्पीक आम्दानीको स्रोत खोज्दै
arthasansar.com · Fri Oct 09 12:06:14 GMT 2026

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटी रहेको छ । स्थिर सरकार आए पछि बजार बढ्ने आंकलन गरिएको थियो । तर, अवस्था त्यसको ठ्याक्कै उल्टो भयो । सेयर बजारका लगानीकर्ता अहिले निराश अवस्थामा रहेका छन् ।
निराशा यतिसम्म बढेको छ कि केही समय अघिसम्म पूर्ण कालिन रुपमा सेयर बजारमा नै लागेका लगानीकर्ताहरु अहिले विकल्पको खोजिमा लाग्न थालेका छन् । पुँजी बजारबारको गिरावटले उनीहरुले पेशा नै परिवर्तन गरिहालेको अवस्था त छैन । तर, पुँजी बजारको विकल्पका रुपमा अरु पेशा पनि रोजि रहेका छन् । यस्तै एक लगानीकर्ता हुन मछिन्द्र बस्नेत । उनी केही समय अघिसम्म सेयर बजारमा नै सम्भावना देखेर पूर्ण कालिन लगानीकर्ताका रुपमा लागि रहेका थिए । तर, अहिले सेयर बजारको बिकल्पका रुपमा अन्य पेशा समेत गर्न थालेका छन् । उनी पूर्ण रुपमा सेयर बजारमा मात्रै आश्रित भएर सफलता हासिल गर्न नसकिने बताउँछन् । ‘सेयर बजारमा पूर्णकालीन रुपमा लागेर सफलता हासिल गर्न सकिदैन । त्यसको विकल्प खोज्नु पर्छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)