दसैँ बिदामा पनि उच्च अदालत पाटनले सेवा दिने
ratopati.com · Fri Oct 09 12:12:17 GMT 2026

काठमाडौँ। काठमाडाैँ र उच्च अदालत पाटनले दसैँको अवसरमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने जनाएको छ।
अदालत व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५ तथा सर्वोच्च अदालतको परिपत्रका आधारमा बिदाको अवधिभर वाणिज्य इजलासबाट हेरिने मुद्दा, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम पक्राउ पुर्जीको अनुमति, जरुरी पक्राउ पुर्जीको स्वीकृति तथा न्याय प्रशासन ऐन, २०७३ अनुसार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइका लागि सेवा भने उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)